Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिसानलाई आलुको बीउ र कृषि औजार वितरण

किसानलाई आलुको बीउ र कृषि औजार वितरण


दोलखा । जिल्लाको मेलुङ गाउँपालिकाले किसानलाई आलुको बीउसँगै कृषि औजार वितरण गरेको छ । पालिकाले व्यावसायिक आलु खेती गर्ने ६३ जना किसानलाई उन्नत जातको आलुको बीउ र कृषि औजार वितरण गरेको हो ।

आलुको पकेट क्षेत्रको रूपमा रहेको मेलुङ गाउँपालिकाले वडा नम्बर–३ र ५ का किसानलाई हातेट्याक्टर र बीउविजन वितरण गरेको पालिका अध्यक्ष हिराकुमार थोकरले जानकारी दिए । पालिकाले आलु प्रवद्र्धन कार्यक्रममा किसानलाई आबद्ध गराउन पहिलो चरणमा दुई वडाका ६३ जना कृषकलाई छनौट गरेको हो । उनीहरूलाई आलु खेतीसम्बन्धी तालिम दिएर बीउ तथा कृषि औजार वितरण गरेको अध्यक्ष थोकरले बताए ।

बीउ तथा औजार वितरणको लागि बागमती प्रदेशले १० लाख अनुदान सहयोग गरेको थियो । अध्यक्ष थोकरका अनुसार वडा नम्बर–३ को दोभान वर्षे आलु उत्पादक कृषि समूहमा आबद्ध ३० जना कृषक र वडा नम्बर–५ को सयपत्री वर्षे आलु उत्पादक कृषि समूह कल्छेका ३३ जान किसानको ५० प्रतिशत लागत साझेदारी र प्रदेश सरकारको अनुदानमा सो सामग्री वितरण गरिएको हो ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया