शिवशिखर सहकारीका सञ्चालकलाई जिल्ला छाड्न प्रतिबन्ध
काठमाडौं । भक्तपुरमा केन्द्रीय कार्यालय राखी राष्ट्रियस्तरको सहकारी बनेको शिवशिखर सहकारी संस्था लिमिटेडले बचकर्ताहरुको पैसा फिर्ता नगरेको भन्दै यसका व्यवस्थापकहरुलाई सुदूरपश्चिम प्रदेशको धनगढीका बचतकर्ताहरुले स्थानीय प्रशासनको सहयोगमा जिल्ला छाड्न नपाउने बनाएका छन् ।
बचतकर्ताहरुका अनुसार करिब एक अर्ब ५० करोड सुदूरपश्चिम प्रदेशमा मात्र रहेको सहकारीले पछिल्लो समय आर्थिक मन्दीको असर भन्दै बचतकर्ताहरुलाई भुक्तानी गर्न छाडेको छ ।
आफ्नो बचत फिर्ता गर्न छोडेपछि बचतकर्ताहरुले शिवशिखबर सहकारीका प्रदेश प्रबन्धक हेमराज जोशी र धनगढी शाखा प्रबन्धक बसन्ती जोशीलाई जिल्लाबाहिर जान स्थानीय प्रशासनको सहमति लिनुपर्ने गरी समझदारी गरेका हुन् । बचतकर्ताको मागमा स्थानीय प्रशासनले समेत सहयोग गरेपछि उनीहरुले प्रशासनको अनुमतिबिना आफूखुसी जिल्ला छाड्न नपाउने भएका हुन् ।
सहकारीका कर्मचारीहरुले सहकारीमा अन्य कुनै समस्या नभए पनि देशमा भएको आर्थिक तरलताकै कारण आफूहरको सहकारीमा समेत समस्या आएको र प्रदेशमा सहकारीको सम्पत्ति अत्यधिक भएकोले बेचेर समेत दिनसक्ने अवस्था रहेकोले बचतकर्ताहरुलाई नआत्तिन सहकारीका विपत् व्यवस्थापन समितिका संयोजक भोजराज पौडेलले आग्रह गरेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 7
ताजा अपडेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया