Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटानद्वारा भूकम्पपीडितलाई पाँच लाखबढी सहयोग

टानद्वारा भूकम्पपीडितलाई पाँच लाखबढी सहयोग


काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल(टान)ले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा पाँच लाख रुपैयाँभन्दा बढी रकम सहयोग गरेको छ । टानले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोेषमा मंगलबार पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ नगद सहयोग गरेको हो ।

टानका अध्यक्ष नीलहरि बाँस्तोला नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । सो कार्यक्रममा टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव विनोद सापकोटा, कोषाध्यक्ष पुरुषोत्तम तिमल्सिना, टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंलगायतको सहभागिता थियो ।

यसअघि सोमबार विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ लाख नगद र जिन्सी सामग्री गरी करिब ३० लाख रुपैयाँ बराबरको सहयोग गरेका थिए ।

जाजरकोट र पश्चिम रुकुममा गत कात्तिक १७ गते गएको भूकम्पबाट भएको क्षतीलाई मध्यनजर गर्दै सरकारले भूकम्पपीडितका लागि सहयोग जुटाउन प्रधानमन्त्री दैवीप्रकोप सहायता कोेष सञ्चालन गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया