Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएफवान संकट ग्रुपको ‘फोनपोइन्ट्स’

एफवान संकट ग्रुपको ‘फोनपोइन्ट्स’


काठमाडौं । एफवान संकट ग्रुपले ‘फोनपोइन्ट्स’ नामक कम्पनी सञ्चालनमा ल्याएको छ । उक्त समूहले बुधबारदेखि आधिकारिकरूपमा फोनपोइन्ट्स सञ्चालनमा ल्याएको हो ।

फोनपोइन्ट्सको उद्देश्य नेपालको ‘रिवाड्स’ र ‘लोयल्टी प्रोगाम’ मार्केटमा नयाँ आयाम थप्नु रहेको छ । फोनपोइन्ट्स, लोयल्टी पोइन्टको ‘रिडेम्पसन’ सुविधा प्रदान गर्दै उक्त पोइन्टहरूको प्रबन्धन र व्यवस्थापन गर्ने एक प्लेटफर्म हो । यसको उद्देश्य ग्राहकहरूको दैनिक भुक्तानीलाई इनामदायी गराउनुको साथसाथै उक्त प्लेटफर्ममा संलग्न व्यवसायीका लागि एक लोयल्टी प्रोग्रामको पूर्वाधार सिर्जना गराउनु पनि रहेको छ । फोन पोइन्ट्सद्वारा सेवाग्राहीले विभिन्न व्यवसायी स्थानहरूमा भुक्तानीको दौरान केही पोइन्ट्सहरू आर्जन गरी सो पोइन्ट्सहरूबाट विभिन्न तरिकाको लाभहरू लिन मिल्ने आधार तयार गरिएको छ ।

फोन पोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले कम्पनीको मिशन प्रत्येक लेनदेनलाई रिवार्डिङ बनाउनु रहेको बताए । यस्तै, व्यापारमा लोयाल्टी बढाउनुका साथै बिजिनेसेसहरूलाई ग्राहक रिटेन र एन्गेज गर्नका लागिक डिजाइन गरिएको एक समाधान भएको जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया