Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘कन्टेन्ट क्रिएटर’लाई अपट्रेन्डलीले सम्मान गर्ने

‘कन्टेन्ट क्रिएटर’लाई अपट्रेन्डलीले सम्मान गर्ने


काठमाडौं । देशभरका उत्कृष्ट ‘कन्टेन्ट क्रिएटर’ लाई अपट्रेन्डली संस्थाले सम्मान गर्ने भएको छ । खानपान तथा रेस्टुरेन्ट जीवनशैलीका कथालाई सिर्जनात्मक भिडियो सामग्री बनाई सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्दै आएका क्रिएटरलाई अपट्रेन्डली संस्थाले सम्मान गर्न लागेको हो ।

अपट्रेन्डली संस्थाका सीईओ मनायक कार्कीले खानपान संस्कृतिका कथालाई प्रचारप्रसार गर्न देशभर छरिएका फुड ब्लगर, कन्टेन्ट क्रियटरलगायत सिर्जनाकर्तालाई माघ १७ गते दरबारमार्गमा ‘क्रिएटर अनर्स–२०२४’ कार्यक्रम आयोजना गरी सम्मान गरिने जानकारी दिए । देशभर छरिएका झन्डै दुई सय जना प्रभावशाली सिर्जनाकर्तालाई सम्मान गर्ने उनले बताए । उनका अनुसार होटल, पर्यटन विधाअन्तर्गत खानपान शैलीलाई विस्तार गर्न पहिलोपटक सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको हो । समारोहमा खाद्य परिकारसँग सम्बन्धित विविधता सिर्जना गर्दै आएका उदयमान सिर्जनाकर्ता, प्रतिष्ठित ब्लगर, राइजिङ स्टार, ब्रेक–थ्रु फुड कन्टेन्ट अफ द इयर, स्थानीय खानामा सबैभन्दा उत्कृष्ट सोकेस, उत्कृष्ट ब्रान्ड, ट्रेन्डको उत्कृष्ट प्रयोग, अडियो/भिडियोको उत्कृष्ट प्रयोग, फ्लोर लभ अवार्ड आदि विधाका पुरस्कार समेटिएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया