Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलोवर इर्खुवा हाइड्रोपावरको सेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल नियुक्त

लोवर इर्खुवा हाइड्रोपावरको सेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल नियुक्त


लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न लागेको सेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ । लोवर इर्खुवा हाइड्रोपावरले सर्वसाधारणलाई २८ लाख पाँच हजार सात सय ५० कित्ता साधारण सेयर जारी गर्न लागेको छ ।

कम्पनीको प्रतिसेयर एक सय रुपैयाँका दरले २८ करोड पाँच लाख ७५ हजार रुपैयाँ बराबरको सेयर ज्योति क्यापिटल बिक्री गर्ने भएको छ । मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा लोवर इर्खुवा हाइड्रोपावरका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया