Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठpagbet brazilएक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपाली बजारमा

एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपाली बजारमा


काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले एक्साइडको इन्भर्टर नेपाली बजारमा सार्वजनिक गरेको छ । एक्साइड स्टार र एक्साइड म्याजिक नामका दुईवटा इन्भर्टर एक कार्यक्रमबीच एकैसाथ सार्वजनिक गरिएको हो ।

एक्साइड स्टारमा एड्भान्स माइक्रोकन्ट्रोलर, लो भोल्टेज अपरेसनका लागि उपयुक्त प्योर साइन वेभ सेप, दुईवटा अप्सनमा चार्ज गर्न सकिने, एलइडी डिस्प्ले इन्टरफेस र अटो स्मार्ट प्रोटेक्सनलगायतका रहेका छन् । यसैगरी एक्साइड म्याजिकमा डिजिटल सिग्नल प्रोसेसर, अटो सेन्स इन्टेलिजेन्ट कन्ट्रोल, एक्स्ट्रीमली लो हार्मोनिज, कलरफुल एलइडी इन्टरफेस, दुईवटा अप्सनमा चार्ज गर्न सकिने, अटो स्मार्ट प्रोटेक्सन र नोइजलेस अपरेसनलगायतका विशेषतहरू रहेका छन् । यस एक्साइड इन्भर्टर सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङ, एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरू र एक्साइडका नेपालभर रहेका डिलरहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ नयाँ इन्भर्टरहरूले आगामी दिनमा नयाँ उचाइ र आयाम छुने बताए ।


क्याटेगोरी : pagbet brazil, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया