Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिर्माण व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिन महासंघको माग

निर्माण व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिन महासंघको माग


काठमाडौं । निर्माण व्यवसायीहरूको सुरक्षालाई लिएर सरोकारवाला निकायको बारम्बार ध्यानाकर्षण गराइरहँदा समेत व्यवसायीहरूको ज्यानै लिने गरी आक्रमणका घटना भइरहेको नेपाल निर्माण महासंघले जनाएको छ ।

हालै मात्रै ललितपुर जिल्ला निर्माण व्यवसायी संघ आबद्ध बाराही निर्माण सेवाका सञ्चालक चन्द्रबहादुर लामाका छोरा तोरण कुमार लामामाथि पनि भौतिक आक्रमण भएको महासंघको भनाइ छ । लामालाई नेशन—श्री बाराही लामा जे/भीमार्फत् धादिङ जिल्ला सिद्धलेक गाउँपालिकास्थित बैरेनी पिपल नलाङ ठाँटीकमला वारी (बरबोटेदेखि भट्टराईडाँडा चौतारा खण्ड) सडक निर्माणको क्रममा गत चैत्र ८ गते स्थानीय पृथ्वी गुरुङ र राजीव गुरुङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गरी घटनामा संलग्न आक्रमणकारीलाई तत्काल पक्राउ गरी प्रचलित ऐन नियमबमोजिम कारबाही गर्न माग गरेका छन् ।

साथै, देशभरका निर्माण व्यवसायीहरूसहित उनीहरूको निर्माण उपकरणहरूको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न महासंघले सरोकारवाला निकायसँग आग्रह गरेको छ । अब पनि व्यवसायीमाथिको आक्रमण बन्द नभएमा पेसागत सुरक्षार्थ महासंघ सशक्त कदम चल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया