Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजथाभावी हेलिकप्टर उडानले निकुञ्जका वन्यजन्तुलाई प्रतिकूल असर

जथाभावी हेलिकप्टर उडानले निकुञ्जका वन्यजन्तुलाई प्रतिकूल असर


महेन्द्र शाही
सोलुखुम्बु, पुस १०
सोलुखुम्बुको खुम्बु क्षेत्रमा मापदण्ड मिचेर कम उचाइमा हेलिकोप्टर उडान गर्दा संरक्षित वन्यजन्तुको जीवन चक्रमा गम्भीर असर पर्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । मापदण्ड वितरित उडान भर्दा वन्यजन्तुलाई प्रतिकूल असर गर्ने भएकाले उडान नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई सुझाव समेत दिएको छ ।

हेलिकोप्टरको बाक्लो उडान, जथाभावी अवतरण र ठूलो आवाजले वन्यजन्तु हताहत हुने र मर्ने समेत अवस्था आउने उनीहरुको सुझाव छ । विश्वसम्पदा सूचीमा सूचीकृत सगरमाथा क्षेत्र र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रका वन्यजन्तुमाथि हेलिकोप्टरको अस्वाभाविक चहलपहल एवं जथाभावी उडानले दैनिक जीवनमा असर पु-याएको निकुञ्चको दाबी छ । रेड पान्डा, कस्तूरी, बाघ, भालु, हिउँचितुवा आदि वन्यजन्तुको प्रजनन अवस्था, वासस्थानलगायत दैनिक क्रियाकलापमा असर पुग्ने गरेको छ । दैनिक १५ देखि २० वटा हेलिकोप्टर खुम्बु क्षेत्रमा एक सय ९० भन्दा बढी पटक अवतरण हुने गरेको लुक्ला विमानस्थलको तथ्यांक छ ।

तर लुक्लाभन्दा माथिको फाक्दिङ, नाम्चे, होटल एभरेस्ट, दिंबुचे, फेरिचे, गोरक्सेप, आधारशिविरलगायत क्षेत्रमा अवतरण भएको कुनै तथ्यांक छैन । पर्वतारोहणको सिजनमा दैनिक ५० भन्दा बढी पटक खुम्बुको माथिल्लो क्षेत्रमा हेलिकोप्टर अवतरण हुने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । कहाँ, कुन स्थानमा अवतरण गर्न पाउने, कति उचाइभन्दा मुनि उड्न नपाउने र उडानको बाटो तय नभएकाले निकुञ्जमा संरक्षित वन्यजन्तु आतंकित बन्ने गरेको निकुञ्जका कर्मचारीहरुले बताएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया