Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनोकियाले एक्स, जी र सी सिरिज सार्वजनिक गर्ने

नोकियाले एक्स, जी र सी सिरिज सार्वजनिक गर्ने


काठमाडौं ।
नोकिया फोन र सहायक उपकरणहरुको घर एचएमडी ग्लोबलले छ नयाँ स्मार्टफोन–नोकिया एक्स २०, नोकिया एक्स १०, नोकिया जी २०, नोकिया जी १०, नोकिया सी २०, र नोकिया सी १० हरुलाई तीनवटा फरक लाइनहरुमा सुव्यवस्थित गरेर लन्च गर्ने घोषणा गरेको छ ।

टप अफ द रेन्ज नोकिया एक्स सिरिज, इन्टरमिडिएट जी सिरिज र इन्ट्री लेभल सी सिरिज सबै फोनहरुले क्वालिटी अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार नयाँ पोर्टफोलियोको शीर्ष स्थानमा नोकिया एक्स २० र नोकिया एक्स १० छन् । मध्यदायराको सिमानालाई धकेल्दै यी स्मार्टफोनहरुले आफ्नो मूल्य ट्यागभन्दा धेरै अनुभव र गुण प्रदान गर्दछ ।

दुवै लेटेस्ट क्वालकम स्न्यापड्रागन टीएम ८० ५ जी मोबाइल प्ल्याटफर्मद्वारा सञ्चालित यो फोनले डिफाइङ प्रदर्शन र वास्तवमै ग्लोबल ५ जीको प्रदान गर्दछ । सिग्नेचर नोर्डिक डिजाइन जसले सबै नोकिया स्मार्टफोन्सलाई प्रेरणा दिँदै थप तीन वर्षको सुरक्षा र सफ्टवेयर अप्डेट एक्स्ट्रा पिस अफ माइन्डका लागि प्रयोगमा ल्याएको छ । क्लिन एन्ड्रोइड टीएम इन्टरफेसमा प्रस्तुत यी ह्यान्डसेटहरु एन्ड्रोइड ११ को साथ आउँछन् ।

यस्तै कम्पनीको जी सिरिजले सिधा समस्या समाधान प्रविधिको माध्यमबाट सबै दैनिक आवश्यकताहरुलाई प्रदानको सही सन्तुलन मिलाउने प्रतिनिधित्व गर्दछ । जी रेन्जका दुवै फोनहरुमा रहेका सुविधाहरु भनेको यसको तीन दिनको ब्याट्री लाइफ हो, जुन नोकिया स्मार्टफोनहरुमध्ये अहिलेसम्मकै लामो हो । नोकियाजी २० लाई नोकिया स्मार्टफोनमा उपलब्ध भएको सिग्नेचर एन्ड्रोइड प्रोमिसले सपोर्ट गरेको छ ।

यो भनेको ग्राहकको डेटालाई सकेसम्म सुरक्षित राख्ने मद्दतको लागि मासिक सुरक्षा अपडेटहरुको तीन वर्ष र ओएस अपडेटको दुई वर्ष हो । पहिलो सदस्यहरुले सिग्नेचर लन्गी भिटी, इम्प्रुभ्ड सेक्युरिटीका साथ जी सिरिजमा सामिल भएका थिए । यसको कारण भनेकै फेस र साइड फिन्गरप्रिन्ट अनलक र प्रभावशाली ६.५ इन्च टियरड्रप डिस्प्ले हो, जुन ब्राइटनेस बुस्टका साथ उपलब्ध छ । यसैगरी कम्पनीको सी सिरिजले उच्च गुणवत्ता स्मार्टफोन टेक्नोलोजी सबैको लागि पहुँचयोग्य बनाएको छ । थप गरिएका फिचर्सहरुमा वाइड ६.५ इन्च एचडी प्लस डिस्प्ले हो जुन सुपथ मूल्यमा उपलब्ध छ ।

एन्ड्रोइड ११ टीएम (गो संस्करण) को साथ २० प्रतिशत छिटो रफ्तार र सुधारिएको सुरक्षा सुविधाहरुका साथै नोकिया स्मार्टफोनको ड्युरेबिलिटीे दुई वर्षको लागि त्रैमासिक सुरक्षा अपडेटहरुसहित उपलब्ध छन् । २०१६ सालको अन्त्यसम्म दुई नयाँ एन्ड्रोइड पावर डिभाइसहरु जारी गरेर नोकिया स्मार्टफोनले नेपाली बजारमा पुनः बापसी गरेको हो । पहिलेको जस्तो सबैभन्दा उत्तम मोबाइल फोनहरुको रुपमा आफ्नो स्थान स्थापना गर्न सुरु गरेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया