Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविज्ञापन सप्ताहका अवसरमा ४८ पिन्ट रगत संकलन

विज्ञापन सप्ताहका अवसरमा ४८ पिन्ट रगत संकलन


काठमाडौं ।
नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन सप्ताहका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संघले स्थापना दिवसको अवसरमा आइतबार संघको सचिवालय शान्तिनगरमा नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको संघले जनाएको छ । संघले ‘एड–डे’ मनाउने सन्दर्भमा लोगो सार्वजनिक गर्दै सम्पूर्ण विज्ञापनदाता, विज्ञापनकर्मी, मिडिया, मिडियाकर्मी, विज्ञापन सर्जक तथा आम दर्शक तथा उपभोक्तामा शुभकामना दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया