Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिवम् सिमेन्ट अब ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलब्ध

शिवम् सिमेन्ट अब ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलब्ध


काठमाडौं ।
नेपालमै पहिलोपटक नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस–५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले एनएस–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ ।

शिवम् यसअघि ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो । ५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमतिसँगै शिवम् सर्वोत्कृष्ट ओपीसी सिमेन्ट उत्पादन साथै बिक्रीवितरण गर्ने तथा एनएस क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ ।

ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले निरन्तर गुणस्तरीय उत्पादनकै कारण सिमेन्टजगत्मै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ बाट सम्मानित भएको थियो । शिवम्ले गुणस्तरीय उत्पादनकै प्रतिफलस्वरुप फेरि एनएस–५७२ को अनुमति तथा मान्यताप्राप्त गरी ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमतिसँगै आफ्नो निरन्तरको गुणस्तरीय उत्पादनलाई प्रमाणित गरेको कम्पनीको दाबी छ ।

योभन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–४९ प्रमाणीकरण गर्दै आइरहेको थियो जसअन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए । नेपालमा एनएस ४९ को मापदण्डअनुरुप उत्पादन तथा बिक्रीवितरणको मान्यता दिँदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणासहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो ।

अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्न एनएस–५७२ प्रमाणीकरण गर्नु अनिवार्य छ । जसका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित क्लिङ्कर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याब परीक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणीकरण गर्ने प्रक्रिया रहेको छ ।

देशको विभिन्न ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई यो अवार्ड प्रदान गरिएको कम्पनीको दाबी छ । ‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’जस्ता मूल नाराका साथ अगाडि बढिरहेको कम्पनीले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको जनाएको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x