Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिसहोम फाइबरनेट अब बुटवल र बर्दिवासमा

डिसहोम फाइबरनेट अब बुटवल र बर्दिवासमा


काठमाडौं ।
डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि विस्तार भएको छ । डिशहोमले बुटवल र बर्दिवास नगरक्षेत्रमा यो सेवा दिन थालेको जनाएको छ । कम्पनीले बुटवलको सिद्धबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्राफिक चोक, हस्पिटल लाइन, टभुड्की चोक, चादबारी, भाटभटेनी लाइन, सुक्खानगर, हिलपार्क, आम्दा हस्पिटल लाइन, दीपनगर, शिवनगर एरिया, मुटु हस्पिटल बेश क्याम्प, रामनगर एरिया, बुटवल चौराहा लगायतका क्षेत्रमा फाइबर इन्टरनेट वितरण सुरु गरेको हो ।

त्यस्तै, बर्दिवास नगरपालिकाको इन्टरनेट जडान गर्दा टिभी सब्स्क्रिप्सन, डिशहोम मोबाइल एप, एक्सभीओडी सेवा निःशुल्क प्राप्त हुने कम्पनीले जनाएको छ । लालगढ हस्पिटल चोक, लालगढ धनौजी, लालगढ पानी ट्यांकी, लालगढ सुनौलो बस्ती, ललगढ श्रेष्ठ टोल, लालगढ आदर्श टोल, लालगढ बाल टोल, बर्दिवास सिन्धुली रोड, बर्दिवास यातायात, हमाल टोल, जनता मावि स्कुल, बुद्ध चोक, बर्दिवास औराही रोड, बर्दिवास बजार, संगम बस्ती, गौतम होटल, चौधरी मार्केट, गलटार, नमुना बस्ती, बर्गाच्छी टोल, गौरीडाँडा, गौरीडाँडा १६ बिघा, ढुंगाना टोल गौरीडाँडा, रेडियो नेपाल गौरीडाँडामा डिशहोम फाइबरनेट सेवा जडान सुरु गरिएको हो ।

राजधानी काठमाडौंसहित मुलुकका प्रमुख सहरहरूमा इन्टरनेट सेवा सुरु गरिसकेको कम्पनीले बुटवल र बर्दिवासमा अहिले सेवा सुरु गरेको हो । कोरोनाको बढ्दो संक्रमण र निषेधाज्ञाका कारण धेरै सहरहरूमा इन्टरनेट सेवा सुरु गर्न नसकेको डिशहोमले अब पूर्वयोजनाअनुसार सेवा विस्तार तीव्र बनाउने जानकारी दिएको छ । डिशहोमका स्थानीय डिलर तथा हटलाइन नम्बर ९८०१५४४००० मा फोन गरेर पनि इन्टरनेट जडान गर्न सकिन्छ ।

हाल ३०, ४०, ६० र १०० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको कम्पनीले चाँडै २०० एमबीपीएस गतिको पनि इन्टरनेट सुरु गर्ने योजना बनाएको छ । त्यस्तै, कम्बो प्याकेजअन्तर्गत लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्करुपमा १० एमबीपीएस गतिको इन्टरनेट र मासिक २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा सित्तैमा प्राप्त गर्न सक्ने पनि डिशहोमले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x