Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

रुस्लान नेपालबाहिर बजार विस्तार
काठमाडौं, माघ १७
नेपालको लोकप्रिय रुस्लान भोड्काले आफ्नो बजारलाई देशबाहिर पनि विस्तार गर्न थालेको छ । अब रुस्लानका आकर्षक प्याक हङकङ, मलेसिया र बेल्जियमका बजारमा पनि देख्न सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा पारखीको पहिलो रोजाइको ब्राण्ड बन्न सफल रुस्लानले विदेशी बजारमा पनि आफ्नो अमित छाप छोडन सफल हुने जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले बताए ।

रुस्लान विगत चार दशकदेखि पारखीको स्वाद र सन्तुष्टिलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको पहिलो भोड्का हो । रुस्लानको गुणस्तरले गर्दा नै अधिकांश उपभोक्ताको रोजाइमा पर्न सफल पनि भएको कम्पनीको दाबी छ । चीन, थाइल्याण्ड लगायतका देशहरुमा पनि ब्राण्डको निकासीका लागि पहल भइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया