सान सोजुको माग बढ्दो, काठमाडौँसहित मुख्य सहरमा उपलब्ध
काठमाडौं । विश्वभर चर्चा कमाइरहेको कोरियाको पेय पदार्थ सोजु नेपाली बजारमा सान सोजुका रुपमा उत्पादन भइरहेको छ । छोटै समयमा सान सोजुले नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । कोरियनस्तरका तथा सस्तो मूल्यमा बिक्रीवितरण भएकाले माग बढिरहेको उत्पादक कम्पनीले बताएको छ ।
कोरियमा राष्ट्रपतिदेखि आम उपभोक्ताहरुले सम्मानपूर्वक आत्मसात् गरेको सोजु नेपालमा आफ्नै ब्राण्डका साथ स्थापित हुँदै गएको छ । विगतमा निकै महंगो मूल्यमा कोरियाबाट नेपाल ल्याएर उपभोक्तामाझ पु-याउँदा तीन सय मिलिलिटरको सोजुको झण्डै एकहजार पर्ने गरेको तर हाल नेपालमै उत्पादन गर्दा त्यसको एक सय ७० मा मात्रै बिक्रीवितरण भइरहेको बताएको छ ।
लामो समयदेखि कोरियामा व्यवसाय गर्दै आएका नेपाली गैरआवसीय संघका अध्यक्ष विनोद कुँवरको लगानी र पहलमा बाँकेको कोहलपुरस्थित श्री न्यू एभरेष्ट डिस्टिलरी उद्योग प्रालिले सन् २०२१ बाट नेपालमै उत्पादन सुरु भएको छ । कोरियन प्रविधिबाट उत्पादन भइरहेको सान सोजुको काठमाडौंसहित देशका विभिन्न सहरमा माग बढ्नथालेको कम्पनीले बताएको छ ।
सान सोजुमा १७.२ प्रतिशत अल्कोहल मिसाइकोले त्यसको उपभोग गर्दा स्वास्थ्यलाई हानि नपु-याउने तथा त्यसलाई पिउँदा निक्खर (नेट) अर्थात् पानी नमिसाई चिसो तापक्रममा राखेको उचित हुने विज्ञहरुले बताएका छन् । रोचक कुरा त के छ भने यस पेय पदार्थ पिउनको लागि त्यसको छुट्टै किसिमको गिलासको पनि व्यवस्था गरिएको छ, जुन गिलास भरी नेट पेय राख्ने र एक सुर्कामै पिउनुपर्ने हुन्छ । जुन गिलास उपयुक्त ढाँचामा विदेशमा उत्पादन भइरहेको र छिट्टै नेपालमा आउन लागेको उत्पादकले बताएको छ ।
सान सोजुको वितरक (एनडी) हिमालयन सान सोजु प्रालिका अनुसार सुरुमा एक हजार कार्टुनबाट उत्पादन सुरु गरेको सान सोजुको माग क्रमशः बढ्नथालेको छ । सोजु काठमाडौँ उपत्यकाका सबै बिग मार्ट स्टोरसहितका अन्य डिपार्टमेन्टल स्टोरमा पाइन्छ ।
बिग मार्ट र सेल्वेजले सुरुमा केही स्टोरमा मात्रै राखेको र माग बढ्न थालेपछि अहिले उपत्यकाका सबै स्टोरमा राखेको कम्पनीले जनाएको छ । दिनमा तीन हजार कर्टुन उत्पादन क्षमता भए पनि अहिले मागअनुसार मात्रै उत्पादन गर्ने गरेको कुँवरले बताए ।
सोजु हालसम्म काठमाडौं उपत्यकासहित पोखरा, बुटवल, बेनी, जोमसोम, तुल्सीपुर, वीरेन्द्रनगर, धनगढी, नवलपुर, नारायणगढ, सिमरा, चन्द्रनिगाहपुर, इटहरी, धरान, दमकलगायतका सहरमा पनि पुगिसकेको छ । कम्पनीका अनुसार देशका सातै प्रदेशका दुर्गम जिल्लाहरूमा समेत सान सोजुको बिक्री सुरु भइसकेको छ । विशेषगरी नेपालमा रहेका कोरियन नागरिक, कोरियाबाट फर्केका नेपाली, मुख्य ग्राहक हुन् भने चर्चित ब्राण्ड भएकोले अन्य नेपालीहरुले पनि सोजु पिउन थालेका छन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया