Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रिमियर स्टिलको ‘प्रिमियर डिलर्स मिट’

प्रिमियर स्टिलको ‘प्रिमियर डिलर्स मिट’


विराटनगर ।  स्टिल कम्पनी प्रिमियर स्टिल प्रालिले ‘प्रिमियर डिलर्स मिट २०७९’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार विराटनगरमा आयोजित समारोहमा देशभरका डिलरहरुलाइ भेला गरेर ‘प्रिमियर डिलर्स मिट’ कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा कम्पनीका तर्फबाट डाइरेक्टरहरू पवन सारडा, सौरभ सारडा, अनुपम राठी, अभिजित सिंहलगायतले कम्पनीबारे प्रकाश पार्दै हाल कम्पनीका उत्पादनहरू, गुणस्तर, बजार विस्तारका योजना र भावी रणनीतिका विषयमा डिलर सञ्चालकहरूलाई जानकारी गराएका थिए ।
कार्यक्रममा प्रिमियर स्टिलका ब्रान्ड एम्बेसडर, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले ‘प्रिमियर डिलर्स मिटका सहभागीलाई हौसला बढाउँदै नेपालको प्रतिष्ठित स्टिल कम्पनी प्रिमियर स्टिलसँग आबद्ध भएर कार्यक्रममा सहभागी हुन पाउँदा गौरवको अनुभूति भएको बताएका थिए ।

सो अवसरमा डिलरहरूले पनि बजारको अहिलेको अवस्था र बजार विस्तारका अन्य नयाँ उपायहरूबारे सुझाव प्रदान गरेको कम्पनीका ब्राण्ड मेनेजर सजल राउतले बताए । सो अवसरमा सहभागी डिलरका सञ्चालकहरूलाई उद्योगको भ्रमण गराइएको थियो ।  शारदा ग्रुप र राठी ग्रुपको संयुक्त लगानीमा स्थापित प्रिमियर स्टिल अहिले पूर्वी नेपालको विशाल उपलब्धि बन्नपुगेको छ । दैनिक आठ सय टनभन्दा बढी उत्पादन क्षमता भएको यो उद्योग सुनसरीको दुहबीमा छ ।

नेपालमा स्टिल उत्पादन गर्ने सबैभन्दा ठूलो यो कम्पनीले गुणस्तरमा विशेष ध्यान दिँदै ग्राहकको आवश्यकताहरुलाई पूरा गर्दै आएको छ । गुणस्तरीय उत्पादनको लक्ष्यका साथ स्थापित प्रिमियर स्टिलले देशभर छ सयवटा रिटेल आउटलेट खोल्न सफल भएको कम्पनीले दाबी गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया