Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकको शाखा पोखराको नयाँ गाउँमा

प्रभु बैंकको शाखा पोखराको नयाँ गाउँमा


काठमाडौं । प्रभु बैंकले पोखरा महानगरपालिका वडा नं १५ स्थित नयाँ गाउँमा शाखा खोलेको छ । बैंकका अनुसार पछिल्लो पटक खोलिएको यो शाखा बैंकको ३०२औं शाखा हो । बैंकको नयाँ गाउँ शाखा कार्यालयको समुद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्रका अधिकृत शान्ति शेरचन गौचनले गरेकी हुन् । समुद्घाटन कार्यक्रममा गौचनले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गरेको बताइन् । प्रभु बैंकको यो अभियानले देशभरी नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै शाखालाई सफलताको शुभकामना व्यक्त गरिन् । बैंकको नयाँ गाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको नयाँ गाउँ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी तीन सय दुई वटा शाखा कार्यालयहरू, दुई सय ८५ एटीएम काउन्टरका साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया