Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकका ग्राहकलाई भाटभटेनीमा छुट

सनराइज बैंकका ग्राहकलाई भाटभटेनीमा छुट


काठमाडौं ।
सनराइज बैंकका ग्राहकहरुले भाटभटेनी सुपरमार्केेटमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्नो १३औँ वार्षिकोत्सवसँगै चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको हो । योजनाअन्तर्गत ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद छुट पाउनेछन् ।

ग्राहकहरुले कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको पाँच प्रतिशत वा प्रतिकारोबार अधिकतम पाँच सय रुपैयाँसम्म छुट पाउनेछन् । बैंकका अनुसार यो योजना कात्तिक २५ गते आइतबारदेखि असोज ११ गतेसम्मको लागि कायम रहनेछ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब ३९ करोड २८ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ७० करोड ६१ लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ९६ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ९० अर्ब २३ करोड ३२ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब चार करोड तीन लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ८७ करोड ८० लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव ३७ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा ५२ करोड ९१ लाख २१ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ७४ अर्ब ४३ करोड २१ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ८६ करोड ५८ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया