Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनयाँ वर्षजस्तै हुनुपर्छ भ्रमण वर्ष

नयाँ वर्षजस्तै हुनुपर्छ भ्रमण वर्ष


इस्वी सम्वतअनुसार आजबाट नयाँ वर्ष सुरु भएको छ । हिजोसम्म सन् २०१९ थियो र आजबाट सन् २०२० सुरु भएको हो । यो नयाँ वर्ष संसारभर मनाइन्छ र यो विश्वका सबैभन्दा धेरै जनता र राष्ट्रले मनाउने नयाँ वर्ष हो । यद्यपि विभिन्न देश र समुदायले छुट्टै मनाउने नयाँ वर्ष नभएको होइन । तथापि यो नै संसारभरको नयाँ वर्ष हो । र यसलाई संसारभर उल्लासपूर्वक स्वागत गरिन्छ ।

विश्वमानचित्रमा रहेको नेपाल सानो तर सुन्दर हिमाली राज्य हो । हिमाल, पहाड र तराई गरी तीन सुन्दर भाग रहेको नेपाल जलवायुका हिसाबले विविधता भएको मुलुक हो । यहाँ छिनभरमा नै हिमालको छेउमा पुग्न सकिन्छ भने त्यसैगरी एकै छिनमा पहाडको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । एकैछिनमा तराइको गर्मीमा पुग्न सकिन्छ । यस्तो भौगोलिक विविधता भएको मुलुक विश्वमा कमै पाइन्छ र प्राकूतिक सुन्दरतासँगै यहाँका धार्मिक र सांस्कृतिक विविधता पनि उत्तिकै महतवपूर्ण मानिन्छन् । भौतिक विकासका दृष्टिले पनि विश्वका विकसित मुलुकका मानिसलाई नेपाल भ्रमणले वातावरणीय परिवर्तन, पृथ्वीको तापक्रम वृद्धि खण्डवृष्टी, अनावृष्टीजस्ता विश्व समुदायले व्यहोर्नु परेका यावत चुनौतीका विषयमा अध्ययन अनुसन्धान गर्न उपयुक्त थलो हुनसक्दछ ।

नेपाल सरकारले सन् २०२० को नयाँ वर्ष शुभारम्भसँगै ‘नेपाल भम्रण वर्ष २०२०’ मनाउँदै २० लाख विदेशीलाई नेपाल भ्रमण गराउने लक्ष्य राखेको छ । तर, सरकारले त्यसका लागि पर्याप्त पूर्वाधार तयार पारेको छैन । यसरी हाम्रो देश भ्रमण वर्ष भनेर कुनै एक वर्ष मात्रै भ्रमण वर्ष मनाउन उपयुक्त देश होइन । यहाँको हरेक क्षेत्रमा पाइने विविधता विश्वका मानिसका लागि सधैँ उत्तिकै आकर्षक र चाखलाग्दा छन् र रहिरहनेछन् । प्रकृतिले नै नेपाललाई त्यही स्वरूप दिएर सिंगारेको छ । त्यसकारण नेपाल एउटा निश्चित वर्षका लागि भ्रमण वर्ष मनाउनु पर्ने मुलुक होइन । यो हरेक वर्ष भ्रमण वर्ष मनाउन उपयुक्त मुलुक हो । सरकारले पनि आफ्नो मुलुकको यो महतवलाई बुझेर हरेक वर्ष नयाँ वर्ष मनाउन उपयुक्त हुनेछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया