Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारझण्डै एक लाख श्रीलंकाली खडेरीको चपेटामा

झण्डै एक लाख श्रीलंकाली खडेरीको चपेटामा


श्रीलंका । ५० हजारभन्दा बढी श्रीलंकाली परिवार खडेरीको चपेटामा परेका छन् । श्रीलंकाका नौ प्रान्तमध्ये आठ प्रान्तका ५० हजारभन्दा बढी परिवार खडेरीको चपेटामा परेका विपत् व्यवस्थापन केन्द्र (डीएमसी)ले जनाएको छ ।

डीएमसीले बिहीबार सार्वजनिक गरेको आफ्नो पछिल्लो प्रतिवेदनमा सुक्खा मौसमका कारण खानेपानीको अभावमा एक लाख ८० हजारभन्दा बढी प्रभावित भएका उल्लेख गरेको छ । सुक्खाबाट उत्तरी र पूर्वी प्रदेश सबैभन्दा बढी प्रभावित भएका छन् ।

यसअघि कृषिमन्त्री महिन्दा अमरवीराले खडेरीका कारण ३७ हजार एकड धान खेती नष्ट भएको बताएका थिए । कृषकलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै कृषि अधिकारीहरूले क्षतिको मूल्यांकन गरिरहेका छन् । श्रीलंकाको मौसम विज्ञान विभागका अनुसार दक्षिणपश्चिम मनसुन असफलताका कारण सुक्खा मौसम सेप्टेम्बरको अन्त्यसम्म जारी रहनेछ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया