रुसको अन्तरिक्षयान ‘लुना–२५’ चन्द्रमामा दुर्घटना
रुस । रुसको मानवरहित अन्तरिक्षयान ‘लुना–२५’ नियन्त्रणबाहिर गएपछि चन्द्रमामा दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन् । सो अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्यसहित मस्कोले अन्तरिक्षयान प्रक्षेपण गरेको थियो ।
रुसले सन् १९७६ पछि चन्द्रमामा अन्तरिक्षयान पठाएको यो पहिलो थियो । सोमबारका लागि नियन्त्रित अवतरण तय गरिएको उक्त यान अवतरण गर्नुअघिको कक्षमा पुगेपछि समस्या देखिएको र सम्पर्क गुमाएको रुसी सरकारी अन्तरिक्ष निकाय रोसकोमोसले जनाएको छ ।
वैज्ञानिकहरूले चन्द्रमाको दक्षिणी क्षेत्रमा बरफ र महत्वपूर्ण तत्वहरू हुनसक्ने अनुमान गर्दै आएका छन् । अहिलेसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै पनि देशले यान पठाउन सकेका छैनन् । पछिल्लो समय भारत र रुसबीच त्यस क्षेत्रमा चन्द्रयान पठाउने प्रतिस्पर्धा चलेको थियो । भारतले अर्को साता त्यस क्षेत्रमा चन्द्रयान–३ अवतरण गराउने प्रयासमा छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया