Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा ब्याजदर कटौती

चीनमा ब्याजदर कटौती


चीन । चीनको केन्द्रीय बैंकले ब्याजदर कटौती गरेको छ । पिपुल्स बैंक अफ चाइनाले कर्पोरेट कर्जाका लागि एकवर्षे ऋणको ब्याजदर तीन दशमलव ५५ प्रतिशतबाट शून्य दशमलव १० प्रतिशत विन्दु घटाएर तीन दशमलव ४५ प्रतिशतमा झारेकोे छ । पाँच वर्ष वा सोभन्दा बढी अवधिको कर्जाको ब्याजदर भने चार दशमलव २० प्रतिशतमा नै कायम राखेको छ ।

कोभिड–१९ पछि चीनले आर्थिक वृद्धिदरमा सुस्तताको सामना गरिरहेको छ । यही कारण चीनमा ब्याजदर घटाउन विज्ञहरुले सुझाव दिँदै आएका थिए । अर्थतन्त्रलाई पुनर्जीवित गर्न भन्दै चीनको केन्द्रीय बैंकले गत मंगलबार वित्तीय संस्थाहरूलाई प्रदान गर्ने मध्यमकालीन ऋण सुविधाको दर घटाएको थियो ।

चीनले आन्तरिक अर्थतन्त्र सुधार्न गरेको यो प्रयास मुद्रास्फीति नियन्त्रण गर्न विश्वभर ब्याजदर बढिरहेको अवस्थाको विपरीत छ । यो निर्णयबाट वाणिज्य बैंकहरूलाई बढी प्रोत्साहन गर्ने विश्वास केन्द्रीय बैंकको छ ।

चीनमा अहिले कोभिड–१९को कुनै असर छैन । तर, उपभोग घटेपछि चिनियाँ अर्थतन्त्रका विभिन्न सूचकहरू खुम्चिँदै गएको तथ्यांकहरूले देखाएको छ । उपभोग घटेपछि औद्योगिक क्रियाकलापमा पनि असर परेको छ । यही कारण अहिले चीनले बेरोजगारीको पनि समना गरिरहेको छ । गत मंगलबार सार्वजनिक भएको जुन महिनाको तथ्यांकले पनि चीनमा युवा बेरोजगारी दर बढेको देखाउँछ । जुन महिनाको तथ्यांकमा चीनमा २३ दशमलव ३० प्रतिशत बेरोजगारी दर छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया