श्रीलंकामा पिउने पानीको अभाव
श्रीलंका । खडेरीका कारण श्रीलंकामा पिउने पानीको अभाव भएको छ । श्रीलंकाको विपत् व्यवस्थापन केन्द्र (डीएमसी)ले मंगलबार गराएको जानकारीअनुसार करिब दुई लाख ५० हजार श्रीलंकालीहरू पिउने पानीको अभाव सामना गरिरहेका छन् ।
डीएमसीले आफ्नो पछिल्लो प्रतिवेदनमा देशको उत्तरी र पूर्वी प्रान्तमा खानेपानीको चरम अभाव भएको बताएको छ । मौसम विज्ञान विभागले असोजसम्म वर्षा खासै नहुने जनाएको छ । यही कारण श्रीलंकामा पिउने पानीको अभाव झनै बढेर जाने जोखिम देखिएको छ ।
श्रीलंकाको राष्ट्रिय पानी आपूर्ति र ड्रेनेज बोर्डले शुद्ध पिउने पानी आपूर्ति गर्ने क्षमता नौ प्रतिशतमा झरेको जनाएको छ । बोर्डले श्रीलंकाली जनतालाई पानीको प्रयोग कम गर्न समेत सुझाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया