अमेरिका र चीन सैन्य सम्पर्क पुनर्स्थापना गर्न सहमत
वासिङ्टन डीसी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेन दुई देशबीच सैन्य सम्पर्क पुनस्र्थापना गर्न राजी भएका छन् । दुवै देश उच्चस्तरीय सैन्य सञ्चार पुनस्र्थापना गर्न सहमत भएका हुन् ।
चिनियाँ राष्ट्रपति सीसँग चार घण्टा लामो शिखर वार्ता गरेपछि पत्रकार सम्मेलनमा बोल्दै बाइडेनले आफूहरू ‘प्रत्यक्ष, खुला र स्पष्ट’ सञ्चारमा फर्किएको बताएका छन् । उनले सीसँगको वार्ता अहिलेसम्मकै उपलब्धिमूलक भएको पनि बताए ।
वार्तामा चिनियाँ राष्ट्रपति सीले आफ्नो देशलाई दबाउने वा नियन्त्रण गर्ने कुनै योजना नबनाउन अमेरिकालाई आग्रह गरेका थिए । उतले ताइवानलाई हतियार आपूर्ति बन्द गरी चीनसँग शान्तिपूर्ण एकीकरणका लागि सहयोग गर्न आग्रह समेत गरे ।
वार्तामा बाइडेन र सीबीच ‘फेन्टानिल’ नामक औषधिको उत्पादन रोक्ने कदम चाल्न पनि सहमति भएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया