Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी सभामुखले रोके युक्रेन सहायतासम्बन्धी विधेयक

अमेरिकी सभामुखले रोके युक्रेन सहायतासम्बन्धी विधेयक


वासिङ्टन डिसी  । अमेरिकी प्रतिनिधिसभाका सभामुखले रुसविरुद्ध उभिन युक्रेनलाई युद्ध सहायता प्रदान गर्नेसम्बन्धी विधेयक रोकेका छन् । राष्ट्रपति जो बाइडेनको आग्रहलाई बेवास्ता गर्दै सभामुखले युक्रेनका लागि युद्ध सहायता रोकेका हुन् ।

सो विधेयक मंगलबार नै सिनेटबाट पारित भएको थियो । विधेयकले पश्चिमसमर्थक युक्रेनको सुरक्षाका सार्थ इजरायल र ताइवानको शीर्ष हमेरिकी रणनीतिक प्राथमिकताका लागि ९५ अर्ब अमेरिकी डलरको कोष समावेश गरेको थियो ।

ह्वाइटहाउसमा बाइडेनले अमेमरिकी सहयोगी राष्ट्रहरुलाई सहयोग गर्नु र विशेषगरी युक्रेनले दुई वर्षदेखि जारी रूसी आक्रमणलाई रोक्न संघर्ष गरिरहेको अवस्थामा सहयोग गर्नु आधारभूत जिम्मेवारी भएको बताएका थिए ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडेनका सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पसँग निकट रहेर काम गर्दै आएका सभामुख माइक जोनसनले आफूले विधेयकमाथिको मतदानलाई अगाडि बढाउने कुनै मनसाय नरहेको बताएका छन् ।

बाइडेनले विभिन्न कार्यक्रममा यो विधेयकको समर्थन गर्नु भनेको पुटिनको विपक्षमा उभिएको बताउँदै आएका छन् । पूर्वराष्ट्रपति ट्रम्पले आर्थिक प्रतिबद्धता पूरा गर्न असफल भएका नेटो सदस्यराष्ट्रहरूमाथि आक्रमण गर्न रूसलाई प्रोत्साहित गरेपछि राष्ट्रपति बाइडेनले ट्रम्पको कडा आलोचना गरेका थिए । बाइडेनले दुई पटक महाभियोग लागेका ट्रम्पले पश्चिमी सैन्य गठबन्धनलाई ‘प्रोटेक्सन ¥याकेट’का रूपमा हेरेको आरोप लगाए । उनले अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले रुसी अधिनायकवादसामु नझुकेको बताएका छन् । अमेरिकी संसद्मा भएको अस्तव्यवस्तताका कारण अमेरिकाले महिनौँदेखि रुसलाई सहयोग दिन सकेको छैन ।

विधेयकमा समावेश ९५ अर्ब डलरको प्याकेजमा युक्रेनका लागि ६० अर्ब अमेरिकी डलरको गोलाबारुद आपूर्ति, हतियार र अन्य सहायता उपलब्ध गराउने उल्लेख छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया