Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा १० जनामध्ये छ जनाको गर्भपतन गर्न औषधीको प्रयोग

अमेरिकामा १० जनामध्ये छ जनाको गर्भपतन गर्न औषधीको प्रयोग


अमेरिका । संयुक्त राज्य अमेरिकामा गत वर्ष हरेक १० जनामध्ये छभन्दा बढी महिलाको गर्भपतन औषधीद्वारा गरिएको नयाँ अनुसन्धानले देखाएको छ । यो सन् २०२० को भन्दा ५३ प्रतिशत बढी रहेको तथ्यांकले देखाएको छ ।

गर्भपतन अधिकारका लागि काम गर्दै आएको अनुसन्धान समूह ‘गुटमाकर इन्स्टिच्युट’ले अमेरिकी सर्वोच्च अदालतले ‘रो भर्सेस वेड’ मुद्दालाई उल्ट्याएपछि सन् २०२३ सम्म करिब छ लाख ४२ हजार गर्भपतन औषधीको प्रयोगबाट भएको बताएको छ । सन् १९७३ मा अमेरिकी सर्वोच्च अदालतले बेडले गर्भावस्थालाई निरन्तरता दिने वा अन्त्य गर्ने निर्णय व्यक्तिको हो, सरकारको होइन भनेर फैसला
सुनाएको थियो ।

मंगलबार जारी गरिएको यो तथ्यांकमा औपचारिक स्वास्थ्य सेवा प्रणालीमा हुने गर्भपतनको ६३ प्रतिशत गर्भपतन औषधीले गरेको देखिएको छ । उच्च अदालतले महिलाहरूले ‘मिफेप्रिस्टोन’को पहुँच कसरी पाउँछन् भन्ने कुरामा असर पार्नसक्ने मुद्दामा बहस सुन्नुभन्दा एक हप्ताअघि मंगलबार यो तथ्यांक सार्वजनिक गरिएको हो । अमेरिकामा सामान्यतया गर्भपतनका लागि ‘मिफेप्रिस्टोन’ बाहेकका अन्य औषधीको प्रयोगलाई वैध मानिन्छ ।

अनुसन्धानकर्ता राचेल जोन्सले भने, ‘यो वृद्धि कुनै आश्चर्यको कुरा होइन ।’ इन्स्टिच्युटले गर्भपतन प्रदायकहरूलाई सम्पर्क गरेर संकलन गरिएको तथ्यांक, स्वास्थ्य सेवा प्रणाली वा गर्भपतन प्रतिबन्ध भएका राज्यहरूमा मानिसहरूलाई पठाइएका गर्भपतन औषधीबाहेक हुने स्व–व्यवस्थित औषधी गर्भपतनलाई अध्ययनमा समावेश गरेको थिएन ।

अनुसन्धानमा संलग्न नभएका पिट्सबर्गका स्त्री रोग विज्ञ डा. ग्रेस फग्र्युुसनले भने, ‘‘रो भर्सेस वेड’को मुद्दाको फैसला र कोभिड–१९ महामारीपछि टेलिहेल्थमार्फत हुने औषधिद्वारा गरिने गर्भपतनको अनुमतिका लागि वास्तवमा ढोका खुल्यो ।’

उनले भने, ‘औषधीको लागि सेवा मागको लागि बढेको मात्रा समायोजन गर्ने साँच्चै राम्रो तरिका टेलीहेल्थ हो । यो समयमा अमेरिकामा गर्भपतन कानुनीरुपमा रह्यो र अधिक प्रतिबन्धित राज्यहरूबाट यात्रा गर्ने मानिसहरूमा वृद्धि
भएको देखियो ।’

अमेरिकी ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ले मिफेप्रिस्टोनलाई अनुमोदन गरेदेखि औषधीद्वारा हुने गर्भपतन लगातार बढेको देखिन्छ । प्रोजेस्टेरोन (महिलाको गर्भाधारण सुरक्षित) गर्ने हर्मोनलाई रोक्ने ‘मिफेप्रिस्टोन’ले गर्भाशयलाई अर्को औषधी मिसोप्रोस्टोलको सङ्कुचन–कारण प्रभावबारे प्रतिक्रिया दिन पनि प्रोत्साहन गर्दछ । १० हप्ताको गर्भको माध्यमबाट गर्भावस्था समाप्त गर्न यी दुई औषधीको मात्रा प्रयोग गरिन्छ ।

सर्वोच्च अदालतमा पुगेको यो मुद्दाले गर्भपतन वैध रहेका अमेरिकी राज्यहरूमा पनि ‘मिफेप्रिस्टोन’को पहुँच कटौती गर्न र अन्य प्रतिबन्धहरु लागू गर्न सक्छ । रासस/एपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया