Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा करोडपतिको जनसंख्या ३५ प्रतिशत बढ्यो

अमेरिकामा करोडपतिको जनसंख्या ३५ प्रतिशत बढ्यो


वासिङ्टन डिसी  । अमेरिकामा विगत पाँच वर्षमा करोडपतिहरुको जनसंख्या ३५ प्रतिशत बढेको छ । हेन्ले एन्ड पार्टनर्स र न्यू वर्ल्डले सार्वजनिक गरेको सन् २०२४ को यूएस वेल्थ रिपोर्टअनुसार अमेरिकामा ५५ लाखभन्दा बढी अमेरिकीहरु करोडपति छन् ।

रिपोर्टअनुसार पाँच वर्षमा अमेरिकी करोडपतिहरुको जनसंख्या दोब्बरले बढेको छ । अहिले विश्वका ३७ प्रतिशत डलर करोडपतिको घर अमेरिकामा छ ।अमेरिकामा १० करोड डलर वा सोभन्दा बढी सम्पत्ति हुने अर्बपतिहरुको जनसंख्या नौ हजार आठ सय ५० छ । जब कि चीनमा यस्तो जनसंख्या दुई हजार तीन सय ५२ छ ।

अर्बपतिको जनसंख्या पनि अमेरिकामा सबैभन्दा धेरै छन् । अमेरिकामा सात सय ८८ जना अर्बपति छन् भने चीनमा तीन सय पाँच जना छन् । रिपोर्टअनुसार अमेरिका निजी सम्पत्ति निर्माण र सञ्चयमा विश्वको प्रमुख मुलुक बनेको छ ।

विश्लेषकहरुले चीनमा कोभिड १९ रोकथामका लागि कडा नाकाबन्दी गरेपछि निजी क्षेत्रमा सरकारी हस्तक्षेप बढेकाले सम्पत्ति वृद्धि सुस्त भएको छ । यही कारण अमेरिकालाई फाइदा भएको छ । रिपोर्टअनुसार सन् २०२३ मा चीनबाट १३ हजार पाँच सय चिनियाँ करोडपतिले चीन छाडेर नयाँ मुलुकमा बासोबासका लागि पुगेका छन् भने अमेरिकामा दुई हजार दुई सय करोडपतिहरु बाहिरी मुलुकबाट प्रवेश गरेका छन् । अमेरिकामा सन् २०२४मा तीन हजार पाँच सय करोडपतिहरु प्रवेश गर्ने अनुमान गरिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया