Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा दिगो विकास प्रवद्र्धनका लागि छलफल

चीनमा दिगो विकास प्रवद्र्धनका लागि छलफल


बेइजिङ । चीन र विश्व समुदायबीच दिगो विकासका लागि वार्ता र सहयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित चीनको बेइजिङमा दुईदिने अन्तर्राष्ट्रिय मञ्च सुरु भएको छ । आइतबार सुरु भएको सो मञ्च सोमबार समापन हुनेछ । मञ्चमा विश्व बैंक, अन्तर्राट्रिय मुद्रा कोष (आईएमएफ)का शीर्ष नेताहरु, शीर्ष कर्पोरेट अधिकारीहरु र प्रमुख विद्वानहरुसहित एक सय १० भन्दा बढीको सहभागिता छ । जहाँ ‘चीनको निरन्तर विकास’ भन्ने विषयमा छलफल भएको छ ।

कार्यक्रममा चिनियाँ प्रधानमन्त्री ली छ्याङले समष्टि आर्थिक नीति, सहरीकरण, औद्योगिक स्तरोन्नति र हरित संक्रमण समावेशी व्यापक दृष्टिकोणबाट विश्वभरका लगानीकर्ताका लागि चीन अवसर भएको बताए । राष्ट्रिय विकास तथा सुधार आयोगका प्रमुख झेङ सान्जीले चीनले उद्योग, कृषि, शिक्षा, यातायात, निर्माण, संस्कृति, पर्यटन र स्वास्थ्य सेवागरी सातवटा क्षेत्रमा उपकरण स्तरोन्नति गर्ने योजना बनाइरहेको बताए । त्यसका लागि पाँच ट्रिलियन युआन (सात सय बिलियन अमेरिकी डलर) बढीको बजार सिर्जना गर्ने अपेक्षा गरिएको उनले बताए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया