Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी डलरको तुलनामा भारु अहिलेसम्मकै कमजोर

अमेरिकी डलरको तुलनामा भारु अहिलेसम्मकै कमजोर


मुम्बई । गत शुक्रबार भारतीय रुपये (भारु) अमेरिकी डलरको तुलनामा रेकर्डको सबैभन्दा कम स्तरमा झर्यो  । सो दिन डलरको तुलनामा भारु ३५ पैसाले घटेर प्रतिडलर ८३ दशमलव ४८ मा झरेको छ । यसअघि डिसेम्बर १३, २०२३ मा डलरको तुलनामा भारु ८३ दशमलव ४० विन्दुको न्यून स्तरमा झरेको थियो । इन्ट्रा–डे कारोबारमा भारु एक अमेरिकी डलरको तुलनामा ८३ दशमलव ५२ सम्म पुगेको थियो ।

विश्लेषकहरुका अनुसार कमजोर यूरो र पाउण्डका कारण अमेरिकी डलर बलियो भएको हो । डलर बलियो हुनुका साथै चिनियाँ युआनको मूल्यमा आएको गिरावटले भारुलाई दबाब दिएको छ । यसबाहेक भारतीय बजारमा डलरको अभाव देखिएकाले पनि भारुमा असर परेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले पनि चिनियाँ युआनको मूल्यमा आएको गिरावट र स्थानीय बजारमा डलरको माग बढ्दा शुक्रबार भारु अमेरिकी डलरको तुलनामा सबैभन्दा कम स्तरमा पुगेको उल्लेख गरेका छन् ।

चालू आर्थिक वर्ष २०२३/२४मा भारु करिब एक दशमलव २२ प्रतिशतले कमजोर भएको छ । आर्थिक वर्ष २०२३/२४को सुरुमा रुपए प्रतिडलर ८२ दशमलव ३९ रुपए थियो । जुन अहिले घटेर ८३ दशमलव ४८ मा आएको छ । भारतमा मुद्राको मूल्य कसरी निर्धारण गरिन्छ ?

डलरको तुलनामा अन्य कुनै मुद्राको मूल्य घट्यो भने त्यसलाई त्यो मुद्रा कमजोर भएको अथवा अवमूल्यन भएको भनिन्छ । हरेक देशसँग विदेशी मुद्रा सञ्चिति हुन्छ जसबाट उसले अन्तर्राष्ट्रिय कारोबार गर्छ । विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धि र घटेको असर मुद्राको मूल्यमा देखिएको हुन्छ ।

भारतको विदेशी मुद्रा सञ्चितिमा रहेको अमेरिकी डलर भारुको सञ्चिति बराबर भएमा भारुको मूल्य स्थिर रहन्छ । डलर सञ्चिति घट्यो भने रुपए कमजोर हुन्छ, बढ्यो भने रुपए बलियो हुन्छ । जसलाई फ्लोटिङ दर प्रणाली भनिन्छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया