Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाको केन्द्रीय बैंकले घटायो ब्याजदर

श्रीलंकाको केन्द्रीय बैंकले घटायो ब्याजदर


कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) घटाएको छ । मुद्रास्फीति नियन्त्रणमा आउने सङ्केतहरु देखापरेपछि केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर ५० आधार अंकले घटाएर आठ दशमलव पाँच प्रतिशत र स्थायी ऋण सुविधा दर ५० आधार अंकले घटाए र नौ दशमलव पाँच प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

केन्द्रीय बैंकले मुद्रास्फीति दर पाँच प्रतिशतको सीमाभित्र कायम राख्ने प्रयास भइरहेको उल्लेख गरेको छ । केन्द्रीय बैंकले अर्थतन्त्रलाई निर्धारित लक्ष्यमा पुर्याउन आन्तरिक तथा बाह्य आर्थिक घटनाक्रमको विस्तृत मूल्यांकनपछि यस्तो निर्णयमा पुगिएको जनाएको छ ।

कमजोर माग, मुद्रास्फीतिको अवस्था, बाह्य क्षेत्रको दबाबलाई हेरेर ब्याजदर घटाउनेसम्बन्धी निर्णयमा पुगेको केन्द्रीय बैंकले जनाएकोे छ । आर्थिक गतिविधि निर्धारित लक्ष्यभन्दा तल रहने अनुमान गरिएकाले केन्द्रीय बैंकले आगामी दिनमा मुद्रास्फीतिबाट आउने सम्भावित जोखिमलाई हेरेर विश्लेषण गरिएको जनाइएको छ ।

केन्द्रीय बैंक सञ्चालक समितिले न्यून ब्याजदर, कर्जा विस्तारमा सहजीकरण, वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलगायत मौद्रिक उपकरणहरूको प्रयोगबाट अर्थतन्त्रलाई सहज बनाउने नीति लिएको बताइएको छ । बढ्दो मुद्रास्फीतिको सामना गर्न श्रीलंकाले सन् २०२२ मा ब्याजदर बढाएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया