Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको औद्योगिक मुनाफामा उच्च वृद्धि

चीनको औद्योगिक मुनाफामा उच्च वृद्धि


बेइजिङ । चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफामा राम्रो वृद्धि देखिएको छ । ‘नेसनल ब्यूरो आफ स्टाटिस्टिक्स (एनबीएस)’ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको पहिलो दुई महिनाको तुलनामा यसवर्ष जनवरी र फेब्रुअरीमा औद्योगिक नाफा १० दशमलव दुई प्रतिशतले बढेको छ । एनबीएसका अनुसार सन् २०२३मा प्रमुख औद्योगिक कम्पनीहरुको नाफामा दुई दशमलव तीन प्रतिशतले गिरावट आएको थियो ।

करिब दुई करोड युआन (२० लाख ८२ हजार अमेरिकी डलर) को वार्षिक व्यापार राजस्व भएका औद्योगिक कम्पनीको नाफा यस वर्ष दुई महिनामा नौ खर्ब १४ अर्ब ६० लाख युआन पुगेको एनबीएसको रिपोर्टमा उल्लेख छ ।

एनबीएसद्वारा अनुगमन गरिएका ४१ वटा औद्योगिक वर्गीृकरणमध्ये २९ वटाको नाफामा वृद्धि भएको छ । उपकरण निर्माण क्षेत्रको नाफा जनवरीदेखि फेबु्रअरीको अवधिमा तीव्र गतिमा बढ्दै गएको तथ्यांकले देखाएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया