Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमार्च महिनामा ओपेक मुलुकको तेल उत्पादन घट्यो

मार्च महिनामा ओपेक मुलुकको तेल उत्पादन घट्यो


काठमाडौं । पेट्रोलियम निर्यात गर्ने देशहरु (ओपेक)ले मार्च महिनामा तेल उत्पादन घटाएका छन् । मार्च महिनामा ओपेक राष्ट्रहरुले प्रतिदिन २६ दशमलव ४२ मिलियन ब्यारेल पम्प गरेका थिए । जुन फेब्रुअरी महिनाको तुलनामा ५० हजार ब्यारेल कम हो ।

ओपेकका सदस्यहरु, रसिया र अन्य मुलुकले आपूर्ति कटौती आगामी जुन महिनाको अन्त्यसम्म जारी राख्ने सम्बन्धमा सहमति जनाएका थिए । बुधबार ओपेक प्लस प्यानलका मन्त्रीस्तरीय उत्पादन समीक्षा हुने बताइएको छ । तर, जुन महिनामा हुने अर्को पूर्ण बैठकअघि कुनै पनि नीति परिवर्तन हुने अपेक्षा गरिएको छैन । मार्च महिनामा सबैभन्दा ठूलो उत्पादन कटौती इराक र नाइजेरियाबाट भएको थियो । इराकले फेब्रुअरीदेखि ओपेकको लक्ष्यभन्दा माथिको आँकडामा निर्यात घटाउने प्रतिज्ञा गरेको थियो । नाइजेरियाले पनि उत्पादन घटाएको छ र निर्यातमा तीव्र गिरावट आएको छ ।

खाढी उत्पादकहरु साउदी अरेबिया, कुवेत र संयुक्त अरब इमिरेट्सले आफ्नो स्वेच्छिक लक्ष्यको नजिक उत्पादन राखेका थिए । अमेरिकी प्रतिबन्धका बीच पनि इरानले पाँच वर्षकै उच्चस्तरको नजिक तेल पम्प गरिरहेको छ ।

मार्चमा कुनै पनि ओपेक देशबाट उत्पादन उल्लेख्य बढाउने काम भएको छैन । लिबियाले फेब्रुअरीमा उत्पादन कटौती गरेकामा मार्चमा २० हजार ब्यारेल प्रतिदिन थपेका कारण उत्पादन सामान्य अवस्थामा फर्किएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया