Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी अर्थमन्त्री चीनमा

अमेरिकी अर्थमन्त्री चीनमा


अमेरिका । अमेरिकी अर्थमन्त्री जानेट येलेन चीन भ्रमणमा पुगेकी छिन् । अमेरिका र चीनबीच व्यापार र लगानीलगायतमा विवाद चर्किएका बेला अमेरिकी अर्थमन्त्रीको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

उनले चीनमा रहँदा चीनसँगको व्यापार र लगानी सम्बन्धमा छलफल गर्नेछिन् । अप्रिल ३ मा चीन पुगेकी येलेन अप्रिल ९ सम्म चीन भ्रमणमा रहने बताइएको छ । उनको भ्रमण दक्षिणी सहर ग्वान्झाउबाट सुरु भएको छ । उनले चीनमा रहेका अमेरिकी कम्पनीका प्रतिनिधिबाट ब्रिफिङ लिने बताइएको छ । उनले ग्वान्झाउमा चीनका उपप्रधानमन्त्री हे लिफेङर र ग्वान्झाउका प्रान्तीय गभर्नर वाङ वाइझोङसँग घेटवार्टा गर्नेछिन् ।

ग्वान्झाउपछि येलेन बेइजिङ जाने कार्यक्रम रहेको बताइएको छ । बेइजिङमा उनले चिनियाँ प्रधानमन्त्री लि क्याङ, अर्थमन्त्री लान फोआन र केन्द्रीय बैंकका गभर्नर पान गोङसेङसँग घेटवार्ता गर्नेछिन् ।

चीन प्रस्थान गर्नेक्रममा येलेनले चीनले औद्योगिक क्षेत्रमा गरेको अत्यधिक लगानीमा आफूलो चासो राख्ने बताएकी थिइन् । उनले चीनले गरेको लगानीबाट अमेरिका र अन्य मूलुकका उद्योगहरु प्रभावित हुने बताइन् । उनले विद्युतीय सवारी र ब्याट्रीमा चीनले गरेको लगानीबाट अमेरिकी अर्थतनत्रमा असर पर्ने खतरा रहेको बताइन् । अमेरिकी उत्पादनको संरक्षणका लागि चिनियाँ समानमा थप कर लगाउने उपायबारे सोचिरहेको सङ्केत गरेकी छिन् । गतवर्ष खासगरी ताइवान मामिलालाई लिएर दुवै देशबीच सम्बन्धमा दरार उत्पन्न भएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया