Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्राजिलमा कोभिड १९ बाट ९० हजार बढीको मृत्यु

ब्राजिलमा कोभिड १९ बाट ९० हजार बढीको मृत्यु


रियो दि जेनेरियो, साउन १६
विश्वव्यापी महामारी कोरोना भाइरसको प्रभाव ब्राजिलमा पछिल्लो समयमा निकै देखिएको बताइएको छ । ब्राजिलमा २४ घण्टायता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । गएको २४ घण्टामा यहाँ १ हजार ५ सय ९५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।

योसँगै ब्राजिलमा अब कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । ब्राजिलमा योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार १ सय ३४ पुगेको बिहीबार प्राप्त भएको समाचारमा स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

संक्रमितको संख्या यहाँ कम्तीमा पनि २५ लाख पुगेको पनि ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बिहीबार दिएको जानकारीअनुसार यहाँका ९० हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् । ब्राजिलमा अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ अझै ठूलो संख्यामा नागरिक संक्रमित भएको आशंका गरिएको छ । तर पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाइ छ ।

कतिपयले ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले कोरोनाको संक्रमणलाई गम्भीरताका साथ नलिएका कारण यस्तो अवस्था आएको बताएका छन् । यहाँ सुरु सुरुमा लकडाउन गरिएको थिएन । ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले लकडाउनको विरोध गर्नेहरुलाई समर्थन गरिरहेको आरोप लगाइएको थियो । यसै कारणले पनि यहाँ ठूलो संख्यामा संक्रमण फैलिएको बताउने गरिएको छ । हाल ब्राजिलमा दैनिक ५० हजार भन्दा बढी मानिस संक्रमित हुने गरेका छन् । (रासस/एएफपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया