Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो


काठमाडौं, भदौ १०
विश्वमा दुई करोड ३८ लाख ३० हजार २ सय ६० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ । सो संगठनका अनुसार मंगलबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख १७ हजार तीन सय ६८ जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

सङक्रमितमध्ये हालसम्म एक करोड ६३ लाख ७२ हजार नौ सय ६२ व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार नौ सय ३० व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ६१ हजार छ सय ९४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५९ लाख १५ हजार छ सय ३० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८१ हजार १ सय १४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५८ लाख १७ हजार २ सय ४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ९० हजार ८ सय ३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६९ लाख ९३ हजार ६ सय ३१ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख ६० हजार ४ सय २ जनाको मृत्यु भएको छ ।

युरोपमा ३३ लाख ९३ हजार ३ सय ५६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५ हजार ७ सय ४० को मृत्यु भएको छ । एसिया ६३ लाख ९७ हजार ५ सय ७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ३१ हजार ८ सय १ जनाको मृत्यु भएको छ । अफ्रिकामा १२ लाख २ सय ३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ५५ जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ५ सय ६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ सय ५२ जनाको मृत्यु भएको छ । (रासस/एएफपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया