Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलखनऊमा ‘भर्चुअल’ सुनुवाइको विरोधमा वकिल

लखनऊमा ‘भर्चुअल’ सुनुवाइको विरोधमा वकिल


भारत, भदौ १०
इलाहाबाद उच्च अदालतको लखनऊ पीठको अवध बार एसोसिएशनले अदालतमा ‘भर्चुअल’ सुनुवाईको विरोध गर्दै मङ्गलबार हडतालको आह्वान गरेको छ । अदालतको ‘भर्चुअल’ सुनुवाइको विरोधमा उत्रिएका वकीलले अदालतमा भौतिकरूपमा उपस्थित भएर नै कुनै पनि मुद्दामाथि सुनुवाइ गर्नुपर्ने माग गर्दै ‘भर्चुअल’ सुनुवाइसम्बन्धी व्यवस्था हटाउन माग गरेका हुन् ।

महामारीका कारण अदालतमा उपस्थित भई बहस गर्न कठिन परेको भन्दै अदालतले ‘भर्चुअल’ सुनुवाइको व्यवस्था गरेको थियो । विरोधमा सहभागी वकीलहरूले भने, ‘सुनुवाइका लागि इन्टरनेटबाट अनलाइन गरिने बहसमा भिडियोको स्तर कमजोर हुने र संयोजनमा आउने समस्याका कारण ‘भिडियो कन्फरेन्सिङले’ उचित सुनुवाइ हुन नसक्ने हुँदा आगामी दिनमा मुद्दाहरूको सुनुवाइ सर्ने प्रबल सम्भावना छ ।’ विरोधमा सहभागी कानुन व्यवसायीहरूले कोभिड–१९ का लागि सरकारले निर्देशन गरेको सामाजिक दूरी कायम गर्ने कानुनलाई ‘भर्चुअल’ सुनुवाइका क्रममा पालना पनि नभएको उल्लेख छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया