इजरायल–मोरक्कोबीच व्यावसायिक उडान सुरु

तेल अभिभ ।
इजरायल र मोरक्कोबीच पहिलो व्यावसायिक हवाई सेवा मंगलबार सुरु भएको छ । इजरायलको तेल अभिभबाट पहिलो विमान मोरक्कोका लागि उडेको स्थानीय टेलिभिजनहरुले प्रसारण गरेका छन् । अमेरिकी अग्रसरतामा इजरायल र मोरक्कोबीच सम्बन्ध सामान्यीकरण गर्ने सम्झौता भएसँगै दुबै देशबीच पहिलो व्यावसायिक उडान सुरु भएको हो ।
इजरायली विमान सेवा अल एलको पहिलो उडानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ एवं सल्लाहकार जारेड कुश्नर तथा इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार मेइर बेन शाब्बात रहेका थिए । यो विमान मोरक्कोको राजधानी राबातका लागि प्रस्थान गरेको हो ।
राबातमा मोरक्को र इजरायली अधिकारीहरुले विभिन्न विषयका सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । अमेरिकी मध्यस्थतामा यसअघि अरब मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) सँग इजरायलको दौत्य सम्बन्ध स्थापना गरिएको थियो । यी दुबै मुलुकले एकअर्का देशमा राजदूतावास खोल्ने, पर्यटकीय गतिविधि सञ्चालन गर्ने, प्रत्यक्ष हवाई उडान गर्ने एवं लगानी गर्ने समेतका विभिन्न विषयमा सम्झौता गरिसकेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- मल आपूर्ति तथा वितरकको जिम्मा साल्ट ट्रेडिङ्गलाई
- नौ वर्षपछि पक्राउ परे वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पौडेल
- सेयर बजार परिसुचक २५ सय १५ अंकमा
- पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका शुभारम्भ
- सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता
- कुमारी बैंक र काठमाडौँ इमेजिङबीच सम्झौता
- मुक्तिनाथ विकास बैंकको नारी विशेष अफर
- एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया