Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एकै दिन झण्डै एक लाख ५३ हजार संक्रमित

भारतमा एकै दिन झण्डै एक लाख ५३ हजार संक्रमित


नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी संक्रमित भएका छन् । एएनआईका अनुसार एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार आठ सय ७९ जना संक्रमित भएका हुन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको संख्यामा तीव्र वृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड ३३ लाख ५८ हजार आठ सय पाँच पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये आठ सय ३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या एक लाख ६९ हजार दुई सय ७५ पुगेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया