Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयी अर्बपतिले १० अर्बमा किने भारतकै महंगो घर

यी अर्बपतिले १० अर्बमा किने भारतकै महंगो घर


नयाँ दिल्ली ।
अर्बपति लगानीकर्ता तथा डीमार्टका संस्थापक राधाकिसन दमानीले भारतकै महंगो घर किनेका छन् । दमानीले दक्षिण मुम्बईमा रहेको आलीशान इलाका मालाबार हिल्समा १० अर्ब एक करोड भारु मूल्यको घर किनेको नवभारत टाइम्सले जनाएको छ ।

दमानीले आफ्ना भाइ गोपीकिसन दमानीसँग मिलेर यो घर खरिद गरेको बताइएको छ । मधुकुञ्ज नामको घर डेढ एकडदेखि अधिक क्षेत्रमा फैलिएको छ । यो घर ६० हजार वर्गफिटमा बनेको छ । रेडी रेकनर रेटको आधारमा यसको बजार मूल्य सात अर्ब २४ करोड भारु छ । दुई हप्ताअगाडि यो घर खरिदबारे सम्झौता भएको र ३० करोड भारु भुक्तानी समेत भएको बतााइएको छ । दमानीले खरिद गरेसँगै घरको पुनर्विकास गरिने या यही संरचना कायम राखिनेबारे खुलाइएको छैन ।

दमानीले पछिल्लो दुई महिनामा तेस्रो ठूलो निर्णय लिएको बताइएको छ । यसअघि उनले आठ एकड जमिन दुई अर्ब ५० करोड भारुमा किनेका थिए । यसबाहेक दमानीकै रिटेल चेन डीमार्टले बाधवा ग्रुपको प्रोजेक्ट द एपिसेन्टरमा एक सय १३ करोड भारुमा दुई फ्लोर खरिद गरेको थियो । जुन ३९ हजार वर्गफिटमा फैलिएको छ ।

मुम्बईमा भारतका धनाढ्यहरुले आलीशान बंगला किन्ने गरे्का छन् । सन् २०१५ मा उद्योगपत िकुमार मंगलम बिडलाले मालावर हिलमै ३० हजार वर्गफिटमा फैलिएको जटिया हाउासलाई चार अर्ब २५ करोड भारु बोली लगाएका थिए । उनले सन् २०१२ मा चार अर्बमा बिकेको माहेश्वरी हाउसको कीर्तिमान तोडेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया