नयाँदिल्ली ।
भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।
भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादले जारी गरेको विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरेकामा निकै खुशी लागेको उल्लेख छ ।
भारतमा हाल सेरम इन्स्टिच्यूटले उत्पादन गरेको अस्ट्राजेनिकाको कोभिसिल्ड र भारत बायोटेकको कोरोनाभ्याकलाई अनुमति दिइएको छ । भारतमा हाल दैनिक कोभिड संक्रमितको संख्या एक लाख बढी छ । रसियन डाइरेक्ट इन्भस्टमेन्ट फन्ड (आरडिआइएफ) को आर्थिक सहयोगमा विकास गरिएको स्पुतनिक भीलाई भारतमा उत्पादन अनुमति दिइएको छ । भारतमा यो खोप ८५ करोड २० लाख डोज उत्पादन हुनेछ ।
आरडिआइएफका प्रमुख कार्यकारी किरिल डिभिट्रिभले पनि एक विज्ञप्ति प्रकाशन गरी स्पुतनिक खोपलाई भारतमा अनुमति प्राप्त हुनु ज्यादै खुशीको कुरा भनेका छन् । भारतमा हालसम्म करिब एक करोड ८ लाख मानिसलाई खोप दिइसकिएको छ । भारत विश्वकै ठूलो खोप उत्पादक राष्ट्र हो । जुलाईको अन्त्यसम्ममा करिब ३० करोड मानिसलाई खोप दिइसक्ने भारतको महत्वाकांक्षी योजना छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ललितपुर आगलागी : मृतकको संख्या तीन पुग्यो
- सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
- वैदेशिक रोजगारीको नाममा ठगी गर्ने चार जना पक्राउ
- आज कांग्रेस संसदीय दलको बैठक बस्ने
- आजको मौसम: गण्डकी, कोशी र बागमतीमा वर्षा
- स्मार्ट राइड सेयरिङ प्लेटफार्म ‘जुमजुम’ सञ्चालनमा
- ड्रिम नेक्स्ट एजुकेसनल फाउन्डेसनले बहु–गन्तव्य मेला गर्ने
- जिटो नेपाल र जिटो टीएनएपीटीएस जोनबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया