Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ यानद्वारा मंगलग्रहमा खिचिएका तस्बिर सार्वजनिक

चिनियाँ यानद्वारा मंगलग्रहमा खिचिएका तस्बिर सार्वजनिक


बेइजिङ । चीनले मंगलग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ । उक्त तस्बिरमा यान अगाडिको दृश्यमा मंगल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ ।

आइतबार बिहानै मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो । चिनियाँ यान अवतरणपछि चीन मंगलग्रहमा अवतरण गरेर लामो समय काम गर्नसक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको छ ।

मंगलग्रहको उत्तरी गोलार्धमा उत्रिएको छ पांग्रे सो यानले कम्तीमा उक्त ग्रहमा कम्तीमा ९० दिन बिताउने विश्वास चिनियाँ वैज्ञानिकहरूले गरेका छन् । सौर्य ऊर्जाबाट चल्ने जुरोङको दुई सय ४० किलो तौल रहेको छ । यानको अग्लो भागमा राखिएको क्यामेराले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ । पाँच उपकरण जोडिएको उक्त यानले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया