Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसिंगापुर भेरिएन्टबारे केजरीवालको टिप्पणीप्रति सिंगापुरले आपत्ति जनायो

सिंगापुर भेरिएन्टबारे केजरीवालको टिप्पणीप्रति सिंगापुरले आपत्ति जनायो


सिंगापुर। भेरिएन्टबारे केजरीवालको टिप्पणीप्रति सिंगापुरले आपत्ति जनायो । सिंगापुरले उच्च आयुक्त पी कुमारनलाई पत्राचार गरी नयाँ प्रकारको कोभिड–१९ संक्रमणलाई भारतीय अधिकारीले सिंगापुर भेरिएन्ट भनेकोमा बुधबार गम्भीर चासो व्यक्त गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार ट्विट गरेर सिंगापुरमा कोरोना भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको र सो भेरियन्ट बालबालिकामा जोखिमपूर्ण रहेको भन्दै हवाइ सेवा बन्द गर्नुपर्ने बताएका थिए ।

भारतीय उच्चायुक्तलाई सिंगापुरले केजरीवालको टिप्पणीप्रति चासो व्यक्त गरेको भारतको विदेश मन्त्रालयले बुधबार जानकारी गराएको छ । विदेशमन्त्री एस जयशंकरले सिंगापुरका सम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको टिप्पणीलाई अनाधिकारिक बताएका छन् । उनले सिंगापुरस्थित भारतीय उच्चायोगले यस विषयमा केजरीवालसँग कोरोना भाइरसको भेरिएन्ट वा नागरिक उड्डयन नीति सम्बन्धमा बोल्ने अधिकार नरहेको जानकारी सिंगापुर सरकारलाई बताएको छ ।

विदेशमन्त्री एस जयशंकरले विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीको ट्विट रिट्विट गर्दै लेखेका छन्, ‘सिंगापुर र भारत कोभिड–१९ को लडाइँमा बलिया साझेदार हुन् । लजिस्टिक हब र अक्सिजन आपूर्तिका लागि सिंगापुरले निर्वाह गरेको भूमिकाको भारत प्रशंसा गर्दछ । हाम्रो सहयोगका लागि सिंगापुरले सैन्य विमान पठायो र यसले नै हाम्रो सम्बन्ध कति खास छ भन्ने स्पष्ट गर्छ ।’यस्तो टिप्पणीले लामो समयदेखिको मित्रवत सम्बन्धमा असर पर्ने तर दिल्लीका मुख्यमन्त्रीको वक्तव्य भारतको भनाइ नभएको विदेशमन्त्री जयशंकरले बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया