Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकाण्डमा मुछिएका तोसिबाका प्रमुख पदबाट हटाइए

काण्डमा मुछिएका तोसिबाका प्रमुख पदबाट हटाइए


जापान ।
तोसिबाका सेयर सदस्यहरुले काण्डैकाण्डमा मुछिएका कम्पनी प्रमुखलाई पदबाट बर्खास्त गरिदिएका छन् । विदेशी लगानीकर्ताको स्वार्थ दबाउन सरकारसँग मिलेमतो गरेको खुलासापछि तोसिबा प्रमुख ओसामु नागायामालाई पदबाट हटाइएको बीबीसीले जनाएको छ ।

यसलाई केही लगानीकर्ताले जापानमा कर्पोरेट गभर्नेन्सका लागि नयाँँ कोशेढुंगा भनेका छन् । नागायामाका समर्थकले भने कम्पनीलाई यसले पछाडि फर्काउने र संकटको समयमा कम्पनीलाई नोक्सानी हुने दाबी गरेका छन् । तोसिबाको ठूलो सेयर सदस्य थ्रिडी इन्भेस्टमेन्ट पार्टनर्सले नागायामाको राजीनामालाई स्वागत गरेको बताइएको छ । कम्पनीको वार्षिक साधारणसभाले नागायामालाई पदबाट हटाएको हो ।

नेतृत्व बर्खास्तीसँगै तोसिबामा नयाँ युग सुरु भएको कतिपय लगानीकर्ताले बताएका छन् । यसले सेयर सदस्यमाझ विश्वास जगाउने बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया