Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबाइनान्समा ‘इन्साइडर ट्रेडिङ’ अनुसन्धान गर्दै अमेरिका

बाइनान्समा ‘इन्साइडर ट्रेडिङ’ अनुसन्धान गर्दै अमेरिका


अमेरिका । अमेरिकी अधिकारीहरुले बाइनान्समा सम्भावित भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र बजार चलखेलबारे अनुसन्धान गरिरहेका छन् । ब्लुमबर्ग न्युजका अनुसार क्रिप्टोकरेन्सी एक्सचेन्ज हुने बाइनान्स पछिल्लो समय धेरै देशमा नियामकीय अधिकारीको तारो बन्दै आइरहेको छ । सरकारी अधिकारीहरुले बाइनान्स वा यसका कर्मचारीले ग्राहकबाट फाइदा लिए नलिएको अनुसन्धान गरिरहेको ब्लुमबर्गले स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाएको छ ।

यता बाइनान्सले भने आफूहरुले भित्री कारोबारबारे शून्य सहनशीलताको नीति लिएको र ग्राहक वा क्रिप्टो उद्योगलाई असर गर्ने कुनै पनि आचारसंहिता उल्लंघनका क्रियाकलापलाई बढावा नदिएको एक वक्तव्यमा जनाएको छ । कम्पनीले बेलायत, जर्मनी र जापानमा समेत वित्तीय वाचडगहरुबाट अनुसन्धानको चेतावनी पाइसकेको छ । क्रिप्टोको प्रयोग सम्पत्ति शुद्धीकरणमा जोडिएको हुनसक्ने र यसले उपभोक्तालाई नोक्सानी पु-याउनसक्ने भएकाले ती देशमा बाइनान्सविरुद्ध अनुसन्धानको चेतावनी आएको हो ।

बाइनान्सको होल्डिंग्स कम्पनी केम्यान आइल्यान्डमा दर्ता छ । खासगरी कमोडिटी प्mयुचर्स ट्रेडिङ कमिसन (सीएफटीसी) का अनुसन्धानकर्ताहरुले बितेको हप्ता यससम्बन्धी उजुरीकर्तालाई भेट्नथालेका थिए । यद्यपि बाइनान्सले गलत गरेको अहिलेसम्म पुष्टि भएको छैन भने यसविरुद्ध आधिकारिक कारबाही पनि नहुनसक्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया