Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि

भारतमा दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार तीन सय ८४ जना नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै समयमा भारतमा कोरोना संक्रमणबाट पाँच सय ७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म चार लाख ९१ हजार सात सय व्यक्तिको मृत्यु भएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको संख्या २२ लाख दुई हजार चार सय ७२ रहेको छ ।

कुल संक्रमितहरुमध्ये ९३.२३ प्रतिशत अहिलेसम्म संक्रमणमुक्त भइसकेका छन् । तीमध्ये तीन लाख छ हजार तीन सय ५७ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएदेखि हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन करोड ७६ लाख ७७ हजार तीन सय २८ पुगेको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया