सोनीले साढे तीन अर्ब डलरमा बन्जी किन्ने
टोक्यो । जापानी प्रविधि कम्पनी सोनीले भिडिओ गेम विकासकर्ता बन्जी खरिद गर्ने भएको छ । कम्पनीले तीन अर्ब ६० करोड अमेरिकी डलरमा उक्त खरिद गर्नलागेको हो । डेस्टिनी, हालो गेम्सका लागि प्रसिद्ध बन्जी खरिदले कम्पनीलाई फाइदा हुनेछ । हालो पनि त्यस्तो चर्चित खेल हो जसले माइक्रोसफ्टको एक्सबक्सको जनप्रियतामा योगदान गरेको थियो ।
यही महिनाको सुरुतिर माइक्रोसफ्टले पनि भिडिओ गेम कम्पनी एक्टिभिजन ब्लिजार्ड ६८ अर्ब ७० करोड डलरमा खरिद गर्ने योजना रहेको बताएको थियो । जुन हालसम्मकै कम्पनीको ठूलो खरिद सम्झौता हो ।
सोनी इन्टरएक्टिभ इन्टरटेन्मेन्टका अध्यक्ष तथा प्रमुख कार्यकारी जिम रयानले कम्पनीको रणनीतिको महत्वपूर्ण कदम भएको बताए । यसले प्लेस्टेसन पुग्न र धेरै ग्राहक पाउन महत्वपूर्ण साबित हुने उनको भनाइ छ । खरिद गरे पनि बन्जी स्वतन्त्र रुपमै रहने उनको भनाइ छ । सोनीले सम्झौताले कहिले अन्तिम रुप पाउने बताएको छैन ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया