Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ मुद्रामा कच्चा तेल बेच्ने साउदी अरेबियाको तयारी

चिनियाँ मुद्रामा कच्चा तेल बेच्ने साउदी अरेबियाको तयारी


रियाद । संयुक्त राज्य अमेरिकाको पक्षराष्ट्र मानिने खाडी देश साउदी अरेबियाले चीनलाई बिक्री गरेको कच्चा तेलको भुक्तानी डलरको साटो युआनमा लिनेबारे बेइजिङसँग छलफल गरिरहेको छ ।

एजेन्सीहरुका अनुसार यदि यसो भए विश्व पेट्रोलियम बजारमा अमेरिकी डलरको प्रभुत्व घटाउनेछ । साउदी अरेयिबा एसियामा विश्वको ठूलो कच्चा तेल निर्यातक राष्ट्र हो । युआन चिनियाँ मुद्रा हो । विगत छ वर्षयता युआन मूल्यमै तेल किनबेचबारे वार्ता चल्दै आएको छ । तर अहिले भने सघन रुपमा साउदी अरेबिया र चीनले यसलाई अगाडि बढाएको बताइएको छ ।

पछिल्लो समयमा साउदीहरु आफ्नो देशको सुरक्षाका लागि दशक पुरानो अमेरिकी रक्षा प्रतिबद्धतासँग बेखुसी देखिएका छन् । खासगरी यमनको गृहयुद्धमा गरिएको आक्रमणमा अमेरिकाले तात्विक समर्थन नगरेकोमा साउदीहरु रुष्ट बनेका छन् भने बाइडेन प्रशासनले इरानसँग पुनः आणविक कार्यक्रमबारे सम्झौताको तयारी गरेपछि उनीहरु झस्किएका छन् ।

साउदी अधिकारीहरु गत वर्ष अफगानिस्तानबाट अनपेक्षित रुपमा अमेरिका बाहिरिँदा सशंकित बनेको बताएका थिए । चीनले साउदी अरेबियाले निर्यात गर्नेमध्ये २५ प्रतिशतभन्दा धेरै कच्चा तेल किन्छ । यदि युआनमा मूल्य तोकियो भने चिनियाँ मुद्राको अवस्थालाई उक्त बिक्रीले झनै प्रवर्द्धन गर्नेछ । साउदीहरुले पेट्रोयुआनले थाहा हुने युआनअनुसारको भविष्यका सम्झौताबारे पनि विचार गरिरहेका छन् । यस्तो भए तेलको मूल्य नमूना अराम्कोका रुपमा चिनिने साउदी अरेबियन आयल कम्पनीको मूल्य नमूनाअनुसार हुनेछ ।

यदि यसो हुन गए साउदीको ६२ लाख ब्यारेल प्रतिदिन कच्चा तेल निर्यात डलर मूल्यमा आधारित हुनेछैन । विश्वमा कुलमध्ये ८० प्रतिशत कच्चा तेलको बिक्री अमेरिकी डलरमा हुने गरेको छ । साउदी अरेबियाले सन् १९७४ देखि डलरमा कच्चा तेल बिक्री गर्दै आएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको प्रशासनसँग साउदीको सुरक्षा सुनिश्चितता गर्ने सम्झौतापछि उसले डलरमा तेल बिक्री गर्दै आएको हो ।

यता चीनले भने सन् २०१८ मा नै युआनमा आधारित सम्झौता गर्न सुरु गरेको थियो । उसको उद्देश्य डलरको साटो विश्वमा युआनलाई मान्यता दिनु थियो । तर तेल बजारमा युआनले डलरको प्रभुत्वलाई केही गर्न सकेन । चीनको लागि डलरको प्रयोग पश्चिमा देशले निश्चित कुरालाई लिएर इरान र रुसमाथि लगाएको प्रतिबन्धपछि असहजता सिर्जना हुँदै आएको छ । वालस्ट्रिट जर्नलबाट


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया