Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतालिबानले अर्को हप्ता बालिकाका लागि विद्यालय खोल्ने

तालिबानले अर्को हप्ता बालिकाका लागि विद्यालय खोल्ने


काबुल । तालिबानले मार्च २२ देखि छात्राहरूलाई पनि विद्यालय जना अनुमति दिने भएको छ । योसँगै अब अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेदेखि बालिकाहरूलाई विद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध अन्त्य हुनेछ ।

ह्युमन राइट्स वाचका पूर्व वरिष्ठ अफगानिस्तान अनुसन्धानकर्ता हेदर बारले उद्घाटन यो निर्णयसँगै बालिकाहरूले पढ्न पाउने अधिकारीको केही हदसम्म भए पनि सुनिश्चितता गर्नेछ ।

सत्तामा आएदेखि तालिबानले महिलाको आवागमनको स्वतन्त्रतालाई कुचल्ने लगायतका हरेक क्षेत्रमा महिला अधिकारलाई बन्देज लगाएको थियो । अधिकांश कन्याहरुले पढ्ने माध्यमिक विद्यालय बन्द छन् । विश्वविद्यालयहरू भर्खरै नयाँ नियमहरूको साथ पुनः खोलिएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया