Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियएक दिनमा एक हजार पाँच सय ६९ कोरोना संक्रमित

एक दिनमा एक हजार पाँच सय ६९ कोरोना संक्रमित


नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातिसम्म एक हजार पाँच सय ६९ व्यक्ति कोरोनाका थप संक्रमति भएपछि यहाँ कुल संक्रमतिको संख्या चार करोड ३१ लाख २५ हजार तीन सय सात पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको संख्या पाँच लाख २४ हजार दुई सय ६० पुगेको छ ।

यस समयमा भारतमा नौ सय १७ जना सक्रिय संक्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय संक्रमित १६ हजार चार सय रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । चौबीस घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातिसम्म दुई हजार चार सय ६७ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ८४ हजार दुई सय ४३ लाई कोरोना संक्रमण निको भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया