जैविध विविधता संरक्षणमा नेपाल र भारतबीच साझेदारी
काठमाडौं । भारत सरकारले नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा भएका आपसी समझदारीलाइ अनुमोदन गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार भएको केन्द्रीय मन्त्रिपरिषद्को बैठकले जैविक विविधता संरक्षणको क्षेत्रमा भारत र नेपालबीच आपसी सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी समझदारीलाई अनुमोदन गरिएको हो ।
समझदारी अनुमोदन भएसँगै नेपाल र भारतबीच वन, वातावरण, वन्यजन्तु र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्न बाटो खुलेको छ । ‘प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको केन्द्रीय मन्त्रिपरिषद्ले समन्वय र सहयोगलाई सुदृढ गर्ने उद्देश्यले जैविक विविधता संरक्षणमा नेपाल सरकारसँग एमओयूमा हस्ताक्षर गर्न वातावरण, वन र जलवायु परिवर्तन मन्त्रालयको प्रस्तावलाई अनुमोदन गरेको छ, दुई देशबीच वन, वन्यजन्तु, वातावरण, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा करिडोरको पुनःस्थापना र आपसमा जोड्ने क्षेत्रमा ज्ञान एवम् उत्कृष्ट अभ्यास आदानप्रदान गर्नेलगायत सहकार्य हुनेछ’, मन्त्रिपरिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया